Nepal's First Video FM

सन्दीप लामिछाने मुद्दामा बहस सकियो, आजै आदेश आउने

54

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा बहस सकिएको छ । गत पुस ८ गते आइतबारबाट हेर्दाहेर्दैमा राखेर सुनुवाइ गरिएको उक्त मुद्दामा शुक्रबार बहस सकिएको हो । उक्त मुद्दाको फैसला आजै आउने जनाइएको छ ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासमा पीडित गौशला २६ आफैं उपस्थित भएर आफ्ना धारणा राखेकी थिइन् । १६ महिनाअघि क्रिकेटर सन्दीप लामिछानेमाथि नाबालिकामाथि बलात्कार गरेको आरोपमा मुद्दा चलेको थियो ।

यो मुद्दामा पटक पटक सुनुवाइ र अदालतबाट विभिन्न कागजात झिकाउने आदेश भइसकेको थियो ।

You might also like

Comments are closed.