काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को सचिवालय प्रमुखसहित तीन जना महानगरका कर्मचारी निलम्बनमा परेका छन् । करार कर्मचारीको विषयमा बालेनले आफ्नै सचिवालयका प्रमुखसहित तीन जना कर्मचारी निलम्बन गरेका हुन् ।
निलम्बनमा पर्नेहरूमा बालेनको सचिवालय प्रमुख रहेका नुरनिधि न्यौपाने, महानगरको स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र वरिष्ठ शाखा अधिकृत भगवती बिडारी रहेका छन् । नगर कार्यपालिकाको निर्णय परिवर्तन गरी करार कर्मचारीमा आफन्त भर्ना गर्न खोजेको सुइको पाएपछि बालेनले एक्सन लिएको महानगरस्रोतले जानकारी दिएको छ ।
यो प्रकरण बाहिरिएसँगै महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी पनि बिदामा बसेका छन् । निर्णय प्रक्रियामा उनीसमेतको संलग्नता देखिएको आशंकापछि अधिकारी बिदामा बसेका हुन् ।
Comments are closed.