Nepal's First Video FM

रामबहादुर बम्जनलाई थुनामा पठाउन आदेश

42

काठमाडौं । तपस्वी रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । न्यायाधीश विष्णु रेग्मीको इजलासमा बयानपछि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिइएको हो ।

जिल्ला अदालत, सर्लाहीबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकाले निजलाई अदालतमा पेस गरिएको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बम्जनलाई सडक मार्ग हुँदै गएराति २ बजे मलंगवास्थित सर्लाही जिल्ला प्रहरी कार्यालयमा पुर्‍याएको थियो।

You might also like

Comments are closed.