काठमाडौं । १५औँ संस्करण यू-१९ विश्वकप क्रिकेटमा नेपालले आज न्यूजिल्याण्डसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्दै छ । पूर्वी लन्डनस्थित बफेलो पार्कमा हुने खेल नेपाली समयअनुसार दिउँसो १:४५ मा सुरु हुनेछ।
सन् २०१६ पछि फेरि यी दुई टोलीबीच भेट हुने भएको हो।
एसिया कप खेलेको टोलीबाट मुख्य प्रशिक्षक जगत टमाटाले दुइ खेलाडी परिवर्तन गरेका छन्। यू-१९ विश्वकपमा न्यूजिल्याण्डलाई दुई पटक हराएको नेपालले पाकिस्तानलाई पनि एक पटक हराएको थियो ।
सन् २००२ को यू-१९ विश्वकपमा नेपालले पाकिस्तानलाई ३० रनले पराजित गरेको थियो । नेपालले दिएको १५१ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४५ ओभर ४ बलमा १२१ रनमा समेटिएको थियो ।
Comments are closed.