Nepal's First Video FM

राष्ट्रिय सभा निर्वाचनको प्रतिवेदन राष्ट्रपतिलाई

49

काठमाडौँ, निर्वाचन आयोगले माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ। राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन बुझाएका हुन्।

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८० को निर्वाचन परिणाम सहितको प्रतिवेदन पेश गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
फागुन २० गतेबाट राष्ट्रिय सभाका २० सदस्यको पद ६ वर्षे कार्यकाल सकिँदै छ। तीमध्ये रिक्त हुने १९ स्थानका लागि माघ ११ गते सातवटै प्रदेशमा निर्वाचन भएको थियो।

बाँकी १ सिटमा सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने छन्।

You might also like

Comments are closed.