Nepal's First Video FM

यू-१९ विश्वकप: सुपर सिक्स सेमिफाइनल दाैडबाट बाहिरियाे नेपाल

31

काठमाडौ । दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकपमा क्रिकेटमा सुपर सिक्सका खेल नखेल्दै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।

मंगलबार भएको सुपर सिक्सका खेलमा भारत र पाकिस्तान विजयी भएसंगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको हो । जितसँगै भारत र पाकिस्तानको ६ अंक भएको छ । २ खेल खेल्न बाँकी नेपाल अंकविहीन छ । नेपालले दुवै खेलमा जित निकाले पनि ४ अंकमात्रै हुन्छ ।

उक्त समूहबाट शीर्ष दुई टोली सेमिफाइलनमा प्रवेश गर्नेछन् । तसर्थ नेपालको सेमिफाइनल पुग्ने सम्भावना दुई खेल अगावै सकिएको हो । नेपालले सुपर सिक्सको पहिलो खेलमा बुधबार बंगलादेशको सामना गर्दैछ ।

सुपर सिक्सको पहिलो दिनको खेलमा भारतले न्युजिल्यान्डलाई २ सय १४ रन र पाकिस्तानले आयरल्यान्डलाई ३ विकेटले पराजित गरेको हो ।

You might also like

Comments are closed.