काठमाडौँ, सर्वोच्च अदालतले नक्कली भ्याट बिलमार्फत् कर छली गरेको अभियोगमा भाटभटेनी डिपार्टमेन्ट स्टोरलाई दोषी ठहर गरेको छ । न्यायाधीशहरु डा. कुमार चुडाल, टेकप्रसाद ढुंगाना र बालकृष्ण ढकालको पूर्ण इजलासले यसअघि सर्वोच्च अदालतले गरेको फैसला सदर गरेको हो ।
यो फैसलासँगै अब भाटभटेनीले कम्तीमा २ अर्ब हाराहारीको रकम बुझाउनुपर्ने देखिएको छ । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले २०७६ पुस २६ गते अन्तिम फैसला सुनाउँदै भाटभटेनीलाई दोषी ठहर गरेको थियो ।
सर्वोच्चको उक्त फैसलाविरुद्ध भाटभटेनीले सर्वोच्चमा पुनरावेदन दर्ता गराउँदै राजस्व तिर्न अस्वीकार गरेको थियो । आज पूर्ण इजलासले भाटभटेनीलाई दाेषी ठहर गरेसँगै उसले राजस्व ब्याज र जरिवानासहित बुझाउनुपर्ने छ ।
Comments are closed.