काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्ध नेपाललाई एकै ओभरमा दुई सफलता मिलेको छ । खेलको १४ औं ओभरको पाँचौं र छैटौं बलमा नेपाललाई दुई सफलता मिलेको हो ।
१४औं ओभरको पाँचौं बलमा भारतका प्रियांशु मोलिया रनआउट भए । मोलियालाई १९ रनमा आकाश चन्दले रन आउट गरेका हुन् । ओभरको अन्तिम बलमा आकाश चन्दले अर्शिन कुलकर्णीलाई १८ रनमा बोल्ड गरेका हुन् ।
Comments are closed.