Nepal's First Video FM

बाँसबारीको जग्गा हिनामिना प्रकरणमा सीआईबीले भन्यो – अरु पनि तानिन सक्छन्

35

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बाँसबारी छालाजुत्ता उद्योगको १० रोपनी जग्गा हिनामिना प्रकरणमा अन्य व्यक्ति पनि तानिन सक्ने जनाएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले च्याम्पियन फुटवेयरमा बाँसबारी छाला उद्योगको २५ प्रतिशत शेयर अरुण चौधरीले खरिद गरेको जनाएको छ । सीजी ग्रुपका सीजी होल्डिङ्गसका अध्यक्ष, प्रबन्ध निर्देशक अरुण चौधरी र बाँसबारी छालाजुत्ता उद्योगका तत्कालीन अध्यक्ष अजितनारायणसिंह थापालाई पक्राउ गरिएकोबारे शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सीआईबीले यस्तो जनाएको हो।

अनुसन्धान हुँदै जाँदा अरु व्यक्ति पनि तानिने सम्भावना छ।

You might also like

Comments are closed.