नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाललाई विदेशी भ्रष्टाचारीको मतियार भएको संज्ञा दिएका छन्। सीमित स्वार्थको निमित सिङ्गो नेकपा फुटाउने नेपालले गठबन्धनलाई घर भनेको भन्दै ओलीले चर्को आलोचना गरेका छन्।
नेकपा एमाले रौतहटको १०औं जिल्ला अधिवेशनमा प्रमुख अतिथिको रुपमा उद्घाटन गरेपछि बिहीबार गरुडामा सभालाई सम्बोधन गर्दै ओलीले नेपालको चर्को आलोचना गरेका हुन्। ‘एउटा अनलाइन हेर्दा माधव नेपालले केपी ओलीसँग बोलचाल बन्द भनेका थिए। नेपालसँग बोलचाल नहुँदा के विग्रिन्छ?,’ उनले भने।
विदेशी, प्रतिक्रियावादी शक्ति, जनविरोधी, विकास विरोधी, सुशासन विरोधी, भ्रष्ट तत्वहरूको मतियार भएर नेपाल उनीहरूकै पछि-पछि हिँडिरहेको ओलीको टिप्पणी छ।
Comments are closed.