Nepal's First Video FM

भृकुटीमण्डपमा २९औं संस्करणको क्यान इन्फोटेक मेला

11

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को आयोजनामा राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीमा हलमा २९औं संस्करणको क्यान इन्फोटेक सुरु भएको छ ।​ बिहीवार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ​ यो प्रदर्शनीको उद्घाटन गरिन् ।

पाँच दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा विभिन्न कम्पनीका १५० ओटा स्टल रहेको आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरूको सहभागिता रहेको छ ।

क्यान इन्फोटेकमा नेपालमै विकास भएको एआई जेनेरेटिभ सिस्टमदेखि नेपाली समाजलाई उपयोगी हुने विभिन्न उत्पादनको विशेष प्रदर्शनी हुने महासंघका अध्यक्ष रणजीत पोदारले जानकारी दिए । त्यस्तै शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको क्षेत्रमा प्रयोग भएका नयाँ प्रविधिलाई समेत समावेश गर्ने प्रयास भएको उनले उल्लेख गरे ।

You might also like

Comments are closed.