आज १३ फेब्रुअरी, यस दिन विश्व सञ्चार जगतमा रेडियोले दिएको योगदान र त्यसले समाजमा ल्याएको परिवर्तनलाई सम्मान स्वरूप संसारभरका रेडियोकर्मीहरूले विश्व रेडियो दिवस को रूपमा मनाउने गर्दछन् ।
रेडियो र विश्वास भन्ने नाराका साथ आज विश्वभरि विश्व रेडियो दिवस मनाइँदै छ । नेपालमा खास गरी १० वर्षे सशस्त्र द्वन्दका बेला नेपालका रेडियोहरूले पुर्याएको योगदान र शान्ति प्रक्रियामा रेडियोले गरेको योगदान इतिहासमा सुवर्ण अक्षरले लेखिएको छ । देशका कुना कन्दरासम्म पुगेको रेडियो प्रसारण अहिले पनि उत्तिकै लोकप्रिय छ ।
Comments are closed.