Nepal's First Video FM

यस्तो छ रवि लामिछानेले प्रधानमन्त्रीलाई बुझाएको सहकारीको प्रतिवेदन

40

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उपसभापति डा. स्वर्णिम वाग्लेको टोलीले मंगलबार प्रधानमन्त्री पुष्पकलम दाहाललाई भेटेर १६ पृष्ठ लामो सहकारीसम्बन्धी प्रतिवेदन बुझाएको छ ।

प्रतिवेदन डा. वाग्लेको नेतृत्वमा पार्टीको अर्थनीति विभागले तयार पारेको हो । प्रतिवेदनमा सहकारीमा देखिएका समस्या र तिनका कारणहरु पहिल्याइएको छ । साथै समाधानका उपायबारे पनि चर्चा गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी र लघुवित्तबाट पीडित भएका लाखौँ नेपालीलाई न्याय दिन आफैँ सक्रिय भइरहेको बताएका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उपसभापति डा स्वर्णीम वाग्लेसहितको टोलीको सुझावपत्र बुझ्दै प्रधानमन्त्रीले भने, “यो मामिलामा म सबैभन्दा बढी गम्भीर भएर लागेको छु । लाखौँ बचतकर्ताहरू ठगिएका छन्, उनीहरूलाई हरहालतमा न्याय दिनुपर्छ भन्नेमा म दृढ छ । तपाईहरूको सुझाव पनि म हेर्छु । यो समस्या जतिसक्दो चाँडो टुङ्ग्याउन चाहन्छु, यसमा तपाईहरूको पनि सहयोग चाहियो ।”

You might also like

Comments are closed.