Nepal's First Video FM

महासमिति बैठकमा भविष्यमा एक्लै चुनाव लड्ने संकल्प प्रस्ताव लैजाँदै कांग्रेस

41

काठमाडौं- नेपाली कांग्रेसले जारी महासमिति बैठकमा भविष्यमा हुने चुनावमा एक्लै लड्ने संकल्प गर्ने प्रस्ताव नै लैजाने सहमति भएको छ। यो सहमतिसँगै महामन्त्री गगनकुमार थापाको सांगठनिक प्रतिवेदनले अन्तिम रुप पाएको छ।

सोमबार राति मध्यरातसम्म सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्डमा भएको छलफलमा उक्त सहमति भएको हो। छलफलमा करिब ५ घन्टा पदाधिकारी र पूर्वपदाधिकारीबीच छलफल भएको थियो।

गोदाबरीमा जारी कांग्रेस महासमिति बैठकको बन्द सत्र मंगलबार बिहान ९ बजेबाट सुरु हुँदैछ।

बन्द सत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगनकुमार थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक र प्रवक्ता डा प्रकाशशरण महतले आर्थिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ।

You might also like

Comments are closed.