काठमाडौं- आगामी साता हङकङमा हुने त्रिकोणात्मक टी-२० आई सिरिजका लागि नेपाली टोली घोषणा गरिएको छ। रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।
नेपालले हङकङमा आगामी ९ मार्चदेखि टी-२० आई त्रिकोणात्मक सिरिज खेल्दैछ भएको छ। सिरिज नेपाल, हङकङ र पपुवा न्युगिनीबीच हुनेछ।
नेपाली टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, रशिद खान, करन केसी, सागर ढकाल, प्रतिश जीसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा।
Comments are closed.