अब सुन किनेर लगाउने सपना पनि सम्क्झिने पानि छाम्कने भने जस्तै हुने भयो हरेक दिन सुनको मुल्यमा उकालो लागेको लगेनै छ आज पनि सुनको मूल्य आकासियार ऐतिहासिक रेकर्ड राखेको छ ! के अब सुन लगाउने कुरा लासा सुन्छ कान मेरो बुच्है भने जस्तै होत ? किन यसरी सुनको मुल्यमा बिर्दी भैरेको होला ? चैत्र महिना लागे देखि सुनको मूल्य बढेकै छ पछिल्लो समय अन्तराष्ट्रिय बजारमा सुनको भाउ बढ्दो क्रममा यसले गर्दा नेपालमा पनि सुनको भाउ बढ्दै गएको हो।
सुनको भाउमा शुक्रबार पनि नयाँ रेकर्ड माथि रेकड कायम भएको छ। शुक्रबार सुनको भाउ एकैदिन तोलामा २ हजार १०० रुपैयाँले बढेर नयाँ उचाइमा पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ३० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २९ हजार ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
बिहीबार छापावाला सुन प्रतितोला १ लाख २७ हजार ९०० रुपैयाँ पुगेर रेकर्ड कायम गरेको थियो। शुक्रबार सो रेकर्डलाई तोड्दै सुनको भाउले नयाँ रेकर्ड बनाएको छ।
यस्तै चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ५२५ रुपैयाँ पुगेको छ। बिहीबार चाँदी प्रतितोला १ हजार ५१० रुपैयाँमा खरिदबिक्री भएको थियो।
Comments are closed.