Nepal's First Video FM

अर्जुनको शतकका बाबजुद नेपाल ‘ए’ पराजित – आयरल्यान्ड ‘ए’ को क्लीन स्वीप

20

काठमाडौं, युवा ओपनर अर्जुन कुमालको शतकका बाबजुद नेपाल ‘ए’ एकदिवसीय सिरिजको अन्तिम खेलमा पनि आयरल्यान्ड वल्भ्ससँग ६९ रनले पराजित भएको छ ।

टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा वल्भ्सले प्रस्तुत गरेको २ सय ८५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ‘ए’ ले ४० औं ओभरमा अलआउट हुँदै २ सय १५ रन जोड्यो । राम्रो सुरुवात गरेपनि मध्यक्रममा अनुभवी ब्याटरहरुले निराशाजनक प्रदर्शन गर्दा नेपाल ‘ए’ पराजित हुन पुग्यो ।

यससँगै वल्भ्सले सिरिज ३-० ले क्लिन स्विप गर्यो । वल्भ्सले पहिलो खेल २१ रन र दोस्रो खेल १ सय १४ रनले जितेको थियो ।

You might also like

Comments are closed.