Nepal's First Video FM

कांग्रेसको विरोध र नाराबाजीबीच सरकारको नीति तथा कार्यक्रम पारित

15

काठमाडौँ । संघीय संसद्अन्तर्गत् प्रतिनिधि सभाको बैठकबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोध र नाराबाजीबीच आइतबार रामचन्द्र पौडेलले जेठ १ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको सभामुख देवराज घिमिरले घोषणा गरेका हुन् ।

बैठकमा उक्त छलफलको क्रममा उठेका प्रश्नहरुको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिएका थिए । अब अर्को बैठक जेठ १४ गते दिउँसो ४ बजेका लागि बोलाइएको छ ।

You might also like

Comments are closed.