Nepal's First Video FM

भारतसँगको सीमा समस्या भूगोल, इतिहास र जीपीएस नक्साका आधारमा समाधान गरिन्छ – आरजु राणा

19

नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा देउवाले पदभार ग्रहण गरेकी छन् । सोमबार दिउँसो राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएकी मन्त्री राणाले आजै सिंहदरबारस्थिति मन्त्रालयमा पुगेर पदभार गरेका हुन् ।

रोजेको मन्त्रालय पाएकी उनी मन्त्रिपरिषद्को सातौँ वरियतामा रहने छन् । पदभार ग्रहणपछि उनले सीमा समस्याहरू तथ्य र प्रमाणका आधारमा समाधान हुने बताएकी छन् । परराष्ट्रमन्त्री राणाले भारतसँगको सीमा समस्या भूगोल, इतिहास र जीपीएस नक्साका आधारमा समाधान गर्ने बताइन् । पहिलाभन्दा अहिले धेरै सूचना भएकाले दुई देशबीचको पिलरको झगडा गर्नुपर्ने अवस्था नरहेको उनले बताइन् ।

You might also like

Comments are closed.