Nepal's First Video FM

प्रधानमन्त्री ओली अभिनित फिल्म ‘नमेटिने घाउ’ को पोस्टर सार्वजनिक, माधव नेपालको दोस्रो पोस्टर आयो

12

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अभिनय गरेको पहिलो फिल्म ‘नमेटिने घाउ’ यही भदौ ७ मा रिलिज हुने भएको छ । उक्त फिल्मको पोस्टरसँगै निर्माण पक्षले रिलिज डेट सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको पोस्टरमा प्रधानमन्त्री ओली फिचर्ड छन् । उनलाई सबैभन्दा केन्द्रमा राखेर अन्य कलाकारहरुलाई वरिपरि राखिएको छ । पोस्टरमा अधिकांश एसिड पीडित अनुहारहरु छन् ।
यस फिल्ममा ओलीको अभिनय रहेको छ । केही महिनाअघि उनी छायांकनमा सहभागी भएका थिए भने, शनिबार उनले आफ्नो अशंको डबिङ गरेका थिए ।
निर्देशक रमित ढुंगानका अनुसार यस फिल्ममा ओलीसहित पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सांसदहरू देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीको अभिनय रहेको छ ।

यस्तै सत्य घटनामा आधारित चलचित्र ‘नमेटिने घाउ’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल लगायत चलचित्रका मुख्य कलाकारहरू अटाएका छन् । भदौ ७ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘नमेटिने घाउ’को यस अघिको सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली सहितको पोस्टर सार्वजनिक गरिएको थियो ।

You might also like

Comments are closed.