काठमाडौँ । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्न भएकी छिन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार परराष्ट्रमन्त्री देउवाले सोमबार प्रधानमन्त्री मोदीलाई भेट्ने कार्यक्रम तय भएको छ ।
सोमबार साँझ भेटका लागि समय तय भएको भारतस्थित नेपाली दूतावास स्रोतले जानकारी गराएको छ । सोमबार नै राणाले भारतीय विदेशमन्त्री जयशंकरलाई भेट्ने भएकी छन् । परराष्ट्रमन्त्री देउवाले प्रधानमन्त्री मोदीलाई भेटेर नेपाल भ्रमणको निम्तो दिने र दुई देशको हितको बारेमा कुराकानी हुने बताइएको छ ।
Comments are closed.