Nepal's First Video FM

अल्पविकसितबाट स्तरोन्नतिमा जान संक्रमणकालीन रणनीति लिएका छौं : अर्थमन्त्री

10

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुक अल्पविकसितबाट स्तरोन्नतिमा जान सरकारले संक्रमणकालीन रणनीति लिएको बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघ, सरकार र संयुक्त राष्ट्र संघको संयुक्त आयोजनामा भएको ‘विकासका लागि वित्त’ कार्यक्रममा उनले यस्तो बताएका हुन्।
नेपालले स्तरोन्नतिपछिको केही वर्षसम्म युरोपयन मुलुक तथा अमेरिका लगायतका मुलुकबाट निर्यातमा पाउँदै आएको सुविधा, सस्तो व्याजदरमा पाउँदै आएको वैदेशीक ऋणको निरन्तरता खोजिरहेको छ।

नेपाल सन् २०३० सम्ममा अल्पविकसितबाट विकसित मुलकमा स्तरोन्नति गर्ने लक्ष्यमा छ । अर्थमन्त्री पौडेलले अल्पविकसित वा विकासोन्मुख मुलुकहरूमा राजस्व परिचालन क्षमता कमजोर भएको, बढ्दो आन्तरिक ऋण र स्रोत अभाव रहेको बताएका छन्।
नेपालको सन्दर्भमा पनि यस्तै समस्या रहेको र वातावरणीय लगायतका चुनौती थपिएको बताए। उनले निजी क्षेत्रसँगको सहकार्य विना सरकारको एकल लगानीबाट विकास सम्भव नभएको समेत बताए।

स्वदेशी पुँजी मात्र पर्याप्त नभएकोले सरकारले विदेशी पुँजी आकर्षित गर्न कानुनहरूमा संशोधन गरेको बताएका छन्।

You might also like

Comments are closed.