Nepal's First Video FM

ओली र देउवाविरुद्ध टुँडिखेलमा नारावाजी गर्नेलाई पक्राउ गरेकोमा रास्वपाको विरोध – पक्राउ पर्नेको संख्या तीन पुग्यो

4

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको विरोध गरेकै आरोपमा युवाहरूलाई पक्राउ गरेकोप्रति असन्तुष्टि जनाएको छ । प्रतिनिधिसभाको बैठकमा सांसद हरि ढकालले युवाहरूलाई समातेर सरकारले गलत गरेको बताए ।

स्वदेशमा रोजगारी र अवसरबाट वञ्चित बनाइएका युवाहरूले सिंहदबारभित्रको बेमानहरूलाई खबरदारी गर्दै गर्दा समाउन नपाइने उनको तर्क छ । गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा युवाहरूले विरोध भाषणा गरे, यसलाई अराजकता अनेक अनेक बहाना लगाएर भिडिओ फुटेजहरु हेरेर युवा साथीहरूलाई हिरासतमा राख्न थालेको रहेछ । यो गलत भएको छ । विरोधका बोलीहरु त्यो पनि युवाले राखेको छ । राज्यले सुन्नसक्ने धैर्यता राख्नसक्नुपर्छ ।

प्रधामन्त्री केपी शर्मा ओली र नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ पर्नेको संख्या तीन पुगेको छ ।

You might also like

Comments are closed.