Nepal's First Video FM

तेक्वान्दोमा नेपालको ऐतिहासिक जित, पलेशा गोवर्धनले जितिन् पहिलो पदक, ६५ लाख पाउने छिन

17

काठमाडौं । पारा तेक्वान्दोकी कीर्तिमानी खेलाडी पलेशा गोवर्धनले नेपाललाई ऐतिहासिक पदक दिलाएकी छन्।यो जित संगै नेपालको एसिया भरि चर्चा भएको छ, पेरिसमा जारी पेरिस पारा ओलम्पिकमा पलेशाले के ४४ क्याटेगोरी अन्तर्गत महिला ५७ केजी मुनि तौलमा कांस्य जितेकी हुन् । यो कास्य पदक जित संगै पलेशाले गोवर्धनले अब नेपाल सरकारबाट ६५ लाख रुपैयाँ प्राप्त गर्नेछिन्।
अझ गजब त् के छ भने उनले पाएको पदक नेपालको मात्रै हैन, पारालम्पिक २०२४ मा एसियाली राष्ट्रको पहिलो पदक हो। पलेशाले ओलम्पिक्स र पारालिम्पिक्समा नेपाललाई पदक दिलाउने पहिलो खेलाडी बन्दै कीर्तिमान रचेकी छिन् ।पहिलो चरणको खेलमा उनले भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१-० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएकी थिइन् । तर, क्वार्टरफाइनलमा ब्राजिलकी सिल्भाना फर्नान्डेससङ १०–८ ले पराजित भएकी थिइन् ।

दोस्रो चरणमा पराजित भएका कारण उनले रिपाचेजमा मौका पाएकी थिइन् । जसमा फ्रान्सकी सेफी कार्भजनलेलाई २१ ले पराजित गर्दै उनी कास्य नजिक पुगेकी थिइन् ।
गोवर्धनले आफ्नो अविश्वसनीय विजयपछि भनिन्’ धेरै मानिसहरूले सपना देख्छन्, तर त्यसलाई साकार पार्न काम र प्रयास गर्दैनन्। मैले १० वर्षको उमेरमा देखेको सपना अन्ततः ऐतिहासिक क्षण बन्यो।

गत चैतमा चीनको हान्झाउमा भएको चौथो एसियाली पारा खेलकुदमा पेलाशाले नेपाललाई ऐतिहासिक कांस्य पदक जिताएकी थिइन् ।

You might also like

Comments are closed.