राजेन्द्र लिङ्देनले प्रधानमन्त्रीलाई सोधे- तपाईंको पार्टीको मान्छेले एक दिन पनि हिरासत बस्न नपर्ने ? रवि लामिछानेलाई ८४ दिन बस्नु पर्ने
काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले रवि लामिछानेलाई ८४ दिन हिरासतमा राखेर सत्ता निकटलाई जोगाएकोप्रति असन्तुष्टि जनाएका छन्।
उनले भने, ‘एउटा पार्टीको अध्यक्ष ८४ दिन प्रहरीको हिरासतमा बस्नुपर्यो। त्यही प्रकृतिको मुद्दामा सहकारीको सञ्चालक भएको तपाईंको पार्टीको मान्छेले एक दिन पनि हिरासत बस्न नपर्ने, मैले रवि लामिछानेले हिनामिना गर्नुभएको छैन भनेर वकालत गर्दिनँ। कानून त सबैलाई बराबरी लाग्छ होला नि। उहाँले ८४ दिन हिरासत बस्नु पर्ने, अरु अदालतमा हाजिर भएर घर जानुपर्ने कस्तो व्यवस्था हो? ‘
उनले रवि लामिछाने मात्रै नभइ प्रधानमन्त्रीसहित सबैको सम्पत्ति छानविन गर्न माग गरे।
Comments are closed.