काठमाडौं, राजधानी काठमाडौंदेखि दुर्गम गाउँसम्म, डिलाइट डेरी ह्वाइटनरले आफ्नो मजबुत उपस्थिति बनाउँदै उपभोक्ताको मन जित्न सफल भएको छ।
सहरी क्षेत्रका सुपरमार्केटदेखि हिमाली बस्तीका साना किराना पसलसम्म डिलाइट सहज रूपमा उपलब्ध छ। दुर्गम स्थानमा दूधको अभाव भइरहँदा, चिया-कफीको स्वादिष्ट विकल्पका रूपमा यसले आफूलाई स्थापित गरिसकेको छ। हुम्ला, जुम्ला, कर्णाली र लोमाङथाङजस्ता हिमाली भेगमा दूधको उत्पादन सीमित भए पनि चिया-कफीको स्वादमा कुनै सम्झौता नहोस् भन्ने चाहना डिलाइटले पूरा गरेको छ।
पाँचथरको चियाभञ्याङदेखि बैतडीको झुलाघाटसम्म फैलिएको मध्यपहाडी राजमार्गका प्रमुख सहरहरूमा यसको उपस्थिति अझै मजबुत बन्दै गएको छ।
इलाम-पाँचथरका हरिया चियाबारी, बसन्तपुरको चिसो मौसम, खुरकोटको व्यस्त बजार, डुम्रे र बागलुङको सांस्कृतिक रौनक पार गर्दै बुर्तिबाङको रमणीयता, रुकुमकोटको पहिचान तथा अमरगढीको ऐतिहासिक महत्वसम्म—डिलाइटले उपभोक्ताका लागि सहजता, गुणस्तर र भरोसाको प्रतीक बनेर आफ्नो स्थान सुरक्षित गरिसकेको छ।
डिलाइट डेरी ह्वाइटनर अब देशभरका किराना पसलदेखि बीबीएसएम, सेलवे, सेल्सबेरी, बिगमार्टजस्ता ठूला सुपरमार्केटहरूमा सहज रूपमा उपलब्ध छ। साथै, दराज, ठूलो डटकम, स्मार्ट डोकोजस्ता ई-कमर्स प्लेटफर्ममार्फत एक क्लिकमै घरमै मगाउन सकिने सुविधा रहेको छ।
डिलाइट डेरी ह्वाइटनर केवल एउटा उत्पादन मात्र नभई, उपभोक्ताका लागि गुणस्तर, सहजता र भरपर्दो रोजाइ बनेको छ। खुद्रा पसलदेखि आधुनिक सुपरमार्केट र ई-कमर्स प्लेटफर्मसम्म यसको पहुँचले गृहिणी, कर्मशील व्यक्तिहरू र हरेक नेपालीका लागि यो एउटा विश्वासिलो विकल्पको रूपमा स्थापित भएको छ।
Comments are closed.