महानायक राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहाः अवतार’को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलर एक्सन, थ्रिलर, प्रेम र सस्पेन्सले भरिएको छ।
ट्रेलरमा राजेश हमाल र राज कटुवालको दमदार एक्सन देख्न सकिन्छ। ट्रेलर सार्वजनिक भएको १५ मिनेटमै युट्युब ट्रेन्डिङमा परेको थियो। शुक्रबार बिहानसम्म झण्डै ४ लाख भ्युज पाइसकेको फिल्मको ट्रेलर फिल्म्स तर्फको ट्रेन्डिङ नम्बर ४ मा छ।
यस फिल्ममा राजेशसहित नीति शाह, राज कटुवाल, सरोज खनाल, निर शाह, अर्जुन श्रेष्ठ, उषा खड्गी, रमेश चन्द सोडारी, दीपा शाही, आशा पौडेल, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, प्रकाश जंग कुँवर, प्रभु श्रेष्ठ, अमित गिरी, मिसेल घिमिरे, सरोज शाह, किशोर भट्ट, टार्जन, एभिलिना खड्का, समाइरा थापा लगायतका कलाकारको अभिनय छ।
दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा चन्द्र पन्तको कथा छ। फिल्मका निर्मातामा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपाने छन्। जेठको ९ गतेबाट यो फिल्म रिलिज हुँदै छ।
Comments are closed.