Nepal's First Video FM

पाकिस्तानलाई मोदीको चेतावनी: आणविक ‘ब्ल्याकमेल’ सह्य छैन

4

काठमाडौँ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवादको जरा निस्कने गरी कडा कारबाही गरिने चेतावनी दिएका छन्।

सोमबार राति ८ बजे राष्ट्रका नाममा सम्बोधन गर्दै मोदीले भने, “यदि भारतमा आतंकवादी आक्रमण भयो भने उचित जवाफ दिइनेछ। हामी आफ्नै तरिकाले र आफ्नै सर्तमा जवाफ दिनेछौँ। आतंकवादको जरा निस्कने हरेक ठाउँमा हामी कडा कारबाही गर्नेछौँ।’

पाकिस्तानसँग लडाइँ र युद्धविरामपछि पहिलोपटक सोमबार राति राष्ट्रलाई सम्बोधन गर्दै मोदीले भारतमा आतंकवादी आक्रमण भयो भने उचित जवाफ दिइने बताएका हुन्।

पहलगाममा २६ जनाको ज्यान जाने गरी भएको आतंकवादी हमलापछि भारतले मे ६-७ को राति पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा हवाई आक्रमण गरेको थियो। जसलाई ‘अपरेसन सिन्दूर’ नाम दिइएको थियो।

यसपछि पाकिस्तानले पनि मे १० का दिन जवाफी हमलाको घोषणा गरेको थियो।

You might also like

Comments are closed.