ज्ञानेन्द्र शाहीले नीति तथा कार्यक्रमबारे भने : नखाऊँ भने दिनभरीको सिकार, खाउँ भने कान्छाबाउको अनुहार, गगन थापा र विश्व प्रकाश खोई भन्दै संसदमा खोजेपछि …
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले नीति तथा कार्यक्रममा नेपाली काँग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा उपस्थित नभएको भन्दै कटाक्ष गरेका छन् । विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथि छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘मेरो पार्टीभन्दा पर नेपाली काँग्रेसतिर गएँ म । यहाँ दुई जना सशक्त नेता हुनुहुन्छ । उहाँ नीति तथा कायर्उक्रमममा कहीँ पनि देखिनँ । किन आउनुभएन ?’ शाही भन्छन्, ‘हुन सक्छ उहाँहरूलाई यो नीति तथा कार्यक्रम नखाऊँ भने दिनभरीको सिकार खाउँ भने कान्छाबाउको अनुहार भनेजस्तो भएको छ । विरोध गरौँ आफ्नै पार्टी सरकारमा छ नगरौँ आफ्नै पार्टी सरकारमा छ ।
Comments are closed.