Nepal's First Video FM

नोरा फतेहीले काठमाडौंमा मच्चाइन् धूम, नेपाली कलाकारहरूले प्रस्तुति दिए

10

काठमाडौँ । नेपालमा पहिलो पटक आएकी चर्चित बलिउड डान्सर तथा अभिनेत्री नोरा फतेहीले शनिबार बेलुका काठमाडौंमा प्रस्तुति दिएकी छन् । बौद्धस्थित हायात होटलको चौरमा उनले आफ्ना हिट गीतमा नृत्य प्रस्तुति दिइन् ।

नोरा क्यानेडियन नागरिक हुन् । उनी बलिउड क्षेत्रमा सक्रिय छिन् ।

‘नोरा फतेही लाइभ इन नेपाल’ नामक कार्यक्रममा फतेहीको प्रस्तुति हेर्न हायातको चौरमा हजारौं दर्शक सहभागी रहेका थिए । ‘स्नेक’सहितका चर्चित बलिउड ट्रयाकमा नोराले कोरससहित प्रस्तुति दिएकी थिइन् ।

यो च्यारिटी कार्यक्रमको उद्देश्य शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘ह्युमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ आयोजना गरिएको हो ।

प्रस्तुतिको लागि शनिबार बिहान दुबईबाट काठमाडौं आएकी नोरा आज फिर्ने कार्यक्रम छ । वर्ल्डवाइ फिल्म्सले नोराको टीमलाई नेपाल ल्याएको हो । कार्यक्रममा नेपाली कलाकार दुर्गेश थापा, तेरिया मगर, समर्पण लामा र ‘भ्वाइस अफ नेपाल सिजन ६’का उत्कृष्ट ५ मा पर्न सफल प्रोसेस पाण्डे, रोशन राई, अर्पणा आचार्य, प्रमेश राई, इन्द्रकला राईले प्रस्तुति दिए ।

नेपालमा विश्वस्तरीय कलाकार ल्याएर गुणस्तरीय प्रस्तुतिका कार्यक्रम बेलाबेलामा हुने गरेका छन् । हलिउड र बलिउडका चर्चित कलाकारलाई नेपाली दर्शकको मायाले तान्ने गरेको छ ।

You might also like

Comments are closed.