काठमाडौँ, मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ । सोमबार साँझ बस्ने गरी बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीको सचिवालयले मन्त्रिपरिषद् बैठक स्थगित हुनुको कारण बताएको छैन । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार दल कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
गभर्नर नियुक्तिको पेचिलो बनिरहेका बेला प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवासँग भेट्न लागेका हुन् । प्रधानमन्त्रीको सचिवालयले देउवासँग भेट हुन लागेको बताए पनि देउवाको सचिवालयले भने भेट्ने कार्यक्रम नरहेको बताएको छ ।
सभापति देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार, सभापति देउवाको प्रधानमन्त्री ओलीसँग भेट्ने आज कार्यक्रम छैन । ‘प्रधानमन्त्री ओलीसँग भेट्ने कुरा अहिलेसम्म छैन,’ स्वकीय सचिव देउवाले भने ।
Comments are closed.