Nepal's First Video FM

बालुवाटारमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता, गभर्नर नियुक्तिबारे मिल्ला कुरो ?

9

काठमाडौँ , प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री ओली र सभापति देउवाबीच छलफल जारी रहेको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिएको थियो । तर, प्रधानमन्त्री ओली अस्वस्थ्य भएपछि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको थियो । प्रतिनिधिसभा बैठकमा अस्वस्थताका कारण उपस्थित नभएका प्रधानमन्त्री ओलीले बालुवाटारमा कांग्रेस सभापति देउवालाई भेटेका हुन् ।

प्रधानमन्त्री ओली र सभापति देउवाबीच गभर्नर नियुक्ति, पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा कुराकानी भइरहेको बालुवाटार स्रोतले जनाएको छ । राष्ट्र बैंकको गभर्नर पद २४ चैतदेखि रिक्त छ ।

You might also like

Comments are closed.