काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्झौता नगर्ने भए हेलिकोप्टर चढेर भाग्न मौका दिने जवाफ फर्काएका छन् ।
हिन्दु राष्ट्र पुनर्स्थापनाको जेठ १५ गतेदेखि सुरु हुने आफूहरूको आन्दोलन आन्दोलन हिंसात्मक नहुने र सरकारी पक्षलाई पनि गर्न नदिने बताएका छन्।
“प्रधानमन्त्रीले उमेरको हिसाबले पनि भाग्न सकिँदैन । भाग त भन्नुभएन नि हो भन्नुभयो । भाग्न सकिन्न भने पनि सम्झौता नगर्ने हो भने उहाँहरूलाई हेलिकोप्टरबाट जाने मौका दिनुपर्छ हामीले । हेलिकोप्टरको सुविधा प्रयोग गर्ने छुट दिने,” उनले भने ।
उनले जेठ १५ देखिको आन्दोलन शान्तिपूर्ण हुने दाबी पनि गरे । “यसपालिको प्रदर्शन शान्तिपूर्ण हुन्छ । निरन्तर हुन्छ,” उनले भने, “आयोजकको पूर्ण नियन्त्रणमा हुन्छ । हाम्रो प्रदर्शन हिंसात्मक हुँदैन ।”
Comments are closed.