काठमाडौँ, सरकारले अर्थविद् डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको छ। मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको कृषिमन्त्री रामनाथ अधिकारीले जानकारी दिए। उनी राष्ट्र बैंकका १८औँ गभर्नर बनेका हुन्।
अर्थ मन्त्रालयमा आजै बसेको गभर्नर सिफारिस समितिको बैठकले अर्थविद् पौडेलसहित राष्ट्र बैंककै कायममुकायम गभर्नर डा. नीलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो।
उनको सबैभन्दा सबल पक्ष भनेको उनी नेपाली कांग्रेसबाट सिफारिस भएका गभर्नर भए पनि नेकपा एमालेका हालका अर्थमन्त्री विष्णु पौडेलसँग पनि नजिक छन्।
गभर्नर सिफारिस समितिका संयोजक रहेका अर्थमन्त्री पौडेलसँग उनी २०७८ सालको बजेट बनाउँदादेखि नै नजिक छन्।
Comments are closed.