नेपाल राष्ट्र बैंकले आज (जेठ ९ गते शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
जसअनुसार अमेरिकी डलर १ को खरिददर १३७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९१ पैसा कायम भएको छ।
अमेरिकी डलरको विनिमय दर लगातार दोस्रो दिन बढेको हो।
बिहीबार अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३३ पैसा थियो भने मंगलबार खरिददर १३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३२ पैसा थियो
अन्य विदेशी मुद्रामा आज युरोपियन युरो १ को खरिददर १५५ रुपैयाँ २८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ९६ पैसा, यूके पाउन्ड स्ट्रलिङ १ को खरिददर १८४ रुपैयाँ २५ पैसा र बिक्रीदर १८५ रुपैयाँ ०५ पैसा, स्वीस फ्रयाङ्क १ को खरिददर १६६ रुपैयाँ १६ पैसा र बिक्रीदर १६६ रुपैयाँ ८९ पैसा कायम गरिएको छ।
Comments are closed.