काठमाडौं । भारत लगायतका मुलुकमा कोभिड संक्रमण देखिन थालेपछि नेपालमा पनि सचेतना अपनाउन थालिएको छ । विमानस्थलको हेल्थ डेस्क र नाकाहरूमा स्क्रिनिङमा थप चनाखो भएर परीक्षण गर्न निर्देशन दिइएको स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग
नियन्त्रण महाशाखाका निर्देशक डा।चन्द्र झाले जानकारी दिनु भयो । सचेतना अभिवृद्धीका कार्यक्रम गर्नेबारे आज छलफल हुने उहाँले बताउनु भयो । सरकारको तर्फबाट मात्रै सजगता अपनाएर नहुने भन्दै नागरिक पनि उत्तिकै चनाखो र सचेत बन्नु पर्ने उहाँको भनाई छ ।
भारतमा कोभिडका २५७ नयाँ संक्रमित देखिएका छन् भने सिंगापुर र हङकङमा पनि संक्रमितहरू देखापरेका छन् । पहिलो पटक कोभिड देखिदा नेपालमा १० लाखभन्दा बढीमा संक्रमण देखिएको थियो भने १२ हजारभन्दा बढीको मृत्यु भएको थियो ।
Comments are closed.