काठमाडौं : नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गरेको छ। आज बसेको माओवादीको पदाधिकारी बैठकपश्चात उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले पावर प्रयोग गरेर छानबिन अबरुद्ध हुन सक्ने भएकाले गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेको जानकारी दिए।
प्रश्न उठेकाले गृहमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्न उचित हुने निष्कर्ष निकालेको उनको भनाई छ। ‘चौतर्फी आवाज आइरहेको छ गृहमन्त्रीले राजीनामा दिनुपर्छ, कांग्रेस नेताले समेत राजीनमा मागिसकेको अवस्था छ। राजीनामा दिन जति ढिलाभयो उति राज्यको शाख गिर्छ।’
Comments are closed.