काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले जल तथा मौसम विज्ञान विभाग कार्यालाय भिजिट गरेका छन् । वर्षायाम आउन लागेको र कार्यालयले कस्तो तयारी गरेको छ भनेर नजिकबाट जानकारी लिएको प्रधानमन्त्री ओलीले जनाएका छन् । उनले वर्षा आउन लागेकोले सबै सचेत हुनुपर्ने भनेका छन् ।
प्रधानमन्त्री फेशबुक पेजमा लेखेका छन्–
वर्षायाम आउँदै छ। यस वर्षको मनसुन आउनु अगाडि जल तथा मौसम विज्ञान विभागले कस्तो अध्ययन गरिरहेको छ भन्ने विषयमा नजिकबाट जानकारी लिएको छु। मौसमजन्य विपत हुन नदिन पूर्वतयारीका विषयमा विभागको कार्यालय पुगेर यसबारे भएको तयारी बुझें। अब यस्ता विपत् हुन नदिन विपत् व्यवस्थापन प्राधिकरण र जल तथा मौसम विज्ञान विभागबीच भरपर्दो समन्वय कायम गर्न आवश्यक निर्णय लिइने छ। वर्षा आउन लाग्यो, हामी सबै सचेत हुन जरुरी छ ।
Comments are closed.