Nepal's First Video FM

गृहमन्त्रीले राजीनामा गर्नुहुन्न पूरा हुन सम्भव छैन : प्रधानमन्त्री ओली

2

प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुनपर्ने बताएका छन् । प्रतिपक्षी दलहरूले लगाएको आरोप छानबिन नभएकाले मन्त्री लेखकले राजीनामा दिनु नपर्ने प्रधानमन्त्रीले स्पष्ट पारे ।

१३ औं कान्तिपुर हाफ म्याराथनको उद्‌घाटन कार्यक्रममा उनले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको कुनै संलग्नता नरहेको बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसाका नाममा अनियमितता प्रकरणमा विपक्षी दलहरूले गृहमन्त्रीमाथि पूर्वाग्रहपूर्ण, निराधार र अनुचित ढंगले आरोप लगाएका बताए ।

‘गृहमन्त्रीको राजीनामा माग गर्नु नितान्त पूर्वाग्रहपूर्ण, निराधार, अनुचित क्रियाकलाप हो । यस अनुचित क्रियाकलापलाई साथ दिन सकिँदैन । गृहमन्त्रीले राजीनामा गर्नु पर्दैन,’ कार्यक्रममा ओलीले भने ।

You might also like

Comments are closed.