काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले एमालेको भन्दा राप्रपाको जुलुस ठूलो देखिनु युवाहरूमा आएको नैराश्यताको परिणाम भएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले अहिलेको नेताहरूको आचरण लोकतान्त्तिक गणतन्त्रको नभएको पनि बताए ।
हाम्रो आचरण लोकतान्त्रिक गणतन्त्रको आचरण नै भइरहेको छैन । युवाहरुमा नैराश्यता रहेको छ, उनीहरूले बाटो खोजिरहेका छन् । उनीहरूले राजाको शासनकाल कस्तो थियो, उनीहरूले त यही ४ जनाको म्युजिकल चियर देखेका छन् । अनि उनीहरू कहाँ जाने ? हामीले असल काम गरेर युवाहरुको मन जित्न सक्नुपर्छ ।
Comments are closed.