Nepal's First Video FM

कमल थापा र दीपक सिंहसहित सात जना रिहा, एक जना हिरासतमै

3

काठमाडौं – राजावादीहरूको प्रदर्शनका क्रममा आइतबार दिउँसो नारायणचौरबाट पक्राउ परेका कमल थापासहितका नेता कार्यकर्ता रिहा भएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएका राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपा संसाद दीपक सिंहसहित सात जना रिहा भएका छन् । आइतबार दिउँसो पक्राउ परेका एक जनाबाहेक अन्य सात जनालाई छाडिएको प्रहरीले जानकारी दियो ।

प्रहरीका अनुसार हिरासतमै रहेका एक जनामाथि भने अनुसन्धान जारी छ । निषेधित क्षेत्र तोड्दै बालुवाटारतर्फ अघि बढ्न खोजेपछि प्रहरीले नारायणचौरबाट अध्यक्ष थापासहितलाई पक्राउ गरेको थियो । सांसद सिंह भने थापालाई भेट्न जाने क्रममा पक्राउ परेका थिए ।

You might also like

Comments are closed.