Nepal's First Video FM

मुम्बईलाई हराउँदै पञ्जाब फाइनलमा, उपाधिका लागि बेंग्लुरूसँग खेल्ने

2

काठमाडौँ, पञ्जाब किंग्स इन्डियन प्रिमियर लिग (आइपिएल)को फाइनल पुगेको छ। गएराति भएको दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्सलाई हराउँदै पञ्जाबले फाइनलमा स्थान पक्का गरेको हो।

मुम्बईले दिएको २०४ रनको लक्ष्य पञ्जाबले ५ विकेट गुमाएर ६ बल बाँकी छँदै पूरा गर्‍यो। पञ्जाबका लागि कप्तान श्रीयास ऐयरले नट आउट ८७ रन बनाए। उनले ४१ बलमा ५ चौका र ८ छक्का हाने।

अब पञ्जाबले उपाधिका लागि रोयल च्यालेन्जर्स बेंग्लुरूसँग खेल्नेछ।

You might also like

Comments are closed.