काठमाडौँ, गभर्नरमा डा. विश्व पौडेल आएपछि शेयर बजारमा केही सुधार आउने आम लगानीकर्ताको आशा थियो । तर उनको नियुक्तिपछि पनि त्यो सुधार आउन सकेन् ।
शेयर बजारमा कृतिम ढंगले भए पनि सुधार देखाउन गभर्नर पौडेलले शुक्रबार सार्वजनिक गर्नुपर्ने मौद्रिक नीतिको समीक्षा आइतबार गरे । शेयर बजार अनुकुलको नीति पनि ल्याए । आशा थियो कि सोमबार शेयर बजार परिसुचक नेप्सेमा सकारात्मक सर्किट लाग्छ । तर सोमबार पनि त्यसको प्रभाव परेन ।
‘बुलमन्त्री’को रुपमा परिचित अर्थमन्त्री बिष्णु पौडेलले आगामी आर्थिक बर्षको लागि पुँजीबजार अनुकुल आउने र बजारमा सुधार आउन आशा लगानीकर्ताको थियो । अनुमान अनुसार बजेटमा शेयर कारोबारको पूँजीगत लाभकर यथास्थितिमा राखियो । गैरआवासीय नेपालीलाई कारोबारका लागि सहज व्यवस्था गर्ने प्रतिवद्धता आयो । बजेटमा नेप्सेको पुनर्संरचना तथा धितोपत्र बोर्डको सुदृढीकरणका विषय पनि आयो । शेयर बजारमा शेयर आउनुको सट्टा झन खस्किादै गएको छ ।
देशको अस्थिर राजनीति, भ्रष्टाचार, बेथिति, कुशासन, दण्डहीनता जस्ता प्रवृत्ति घट्नुको सट्टा मौलाउँदै जाने, उच्च राजनीतिक तह आर्थिक सुधारमा लाग्नेभन्दा सस्तो आलोचना र लोकप्रियतामा रमाउने जस्ता प्रवृत्तिले गर्दा आम जनतामा निराशा बढ्दै गएको देखिएको छ ।
Comments are closed.