नेपालको चर्चित रियालिटी शो नेपाल आइडल सिजन-२ काठमाडौंमा भएको अडिसनबाट आउट भएपछि अंकित परियारले सामाजिक सन्जाल फेसबुकमा राखेका स्टाटस प्रति मिडियाहरुले चासो दिन थालेका छन् ।
नेपाल आइडलमा गएर आफु भित्र लुकेर बसेको प्रतिभालाई कसले पो देखाउन चाहन्न । नेपाली संगीत क्षेत्रमा केहि गर्ने सपना बोकेर नेपाल आइडल भिड्न गएका अंकित आउट भए । अंकितसँगै काठमाडौंमा अडिसन दिन आएका थिए थुप्रै प्रतियोगीहरु ।
उनले नेपाल आइडलबाट फर्केर आफ्नो फेसबुकमा यस्तो लेखे;
idol सम्बन्धि केही दुख लाग्दो कुरा पढ्नुहोला
Nepal idol नै चाईयको हो भने back round को कुरा किन ?
म गरिब ले कहाँ सक्थेर पैसाको खेलमा सपना अगाडि बढाउन! Im soo sorry friends यस्पाली पनि एस्तै भयो!मैले त केबल ज्यान मात्र हो बाजि लाउने! पैसा को खेल खेल्न कहाँ सक्थेर। आज एस्तै भयो idol सारै दु:ख लायो साथिहरु!तर पनि मन हारेको छैन किनकी तपाईहरु जस्तो साथिहरुको माया पाएको छु मत यसैमा खुसी छु र हमेसा खुसी रहनेछु।।
अंकितले अडिसनमा गएका थिए चर्चित गायक प्रमोद खरेलको आवाजमा रहेको ‘म बाँचेकै’, ‘आधी आधी जिउनु छ’, ‘ओइ जुमा’, ‘मैले रोजे तिमीलाई’ इत्यादी गएका थिए । यो स्टाटस राखिसकेपछि युट्युब च्यानल तात्तातो खबरले लिएको एक अन्तर्वार्ता हेर्नुस्;
Comments are closed.