Nepal's First Video FM

यी तेलुगू अभिनेत्रीले किन उतारिन् सबै सामू कपडा ?

747

मुम्बई । ‘आफ्नो लडाईंमा म बेसहारा हुँ किनभने मेरो दुःख कसैलाई देखाइदिँदैन । जसको कारण म यत्रो ठूलो कदम उठाउन बाध्य भएँ र सार्वजनिक रुपमा कपडा उतारेँ ।’

यो भनाई तेलुगू अभिनेत्री श्रीरेड्डी मल्लिडीको हो ।

तेलुगू फिल्म उद्योगमा कथित यौन उत्पीडनबिरुद्ध आफ्नो विरोध जनाउँदै पछिल्लो हप्ता हैदराबादको फिल्म नगरमा मूभी आर्टिस्ट एसोसिएशनका अगाडी श्रीरेड्डीले आफ्नो कपडा उतारेकी थिइन् ।

श्रीरेड्डीका अनुसार आफ्नो कुरा सुनाउन र सरकारसँग आफ्नो मागबारे जवाफ लिन उनीसँग यो मात्र विकल्प बाँकी थियो ।

उनी प्रश्न गर्छिन्, ‘जब फिल्मी दुनियाँका मानिसहरु मलाई मेरो नग्न तस्विर र भिडियो पठाउन भन्छन् भने म सार्वजनिक रुपमा कपडा किन नउतारुँ ?’

के सस्तो लोकप्रियताको लागि यो कदम ?

श्रीरेड्डीले आफ्नो करियर एक स्थानीय टिभी च्यानलमा प्रस्तोताको रुपमा गरेकी थिइन् । पाँच वर्षपछि उनी फिल्ममा काम गर्न थालिन् । केही तेलुगू चलचित्रमा उनले सानोतिनो भूमिकामा उनी देखिएकी थिइन् ।

तर, यस घटनापछि उनी एकाएक चर्चामा आएकी छिन् । उनले हालसम्म यौनउत्पीडनको कुनै प्रमाण पेश गरेकी छैनन् न त उनी प्रहरीमा उजुरी गर्न चाहन्छिन् ।यसबाट प्रश्न उठ्छ, के उनले यस्तो हरकत मानिसहरुको ध्यान आफ्नो तर्फ तान्न र लोकप्रियताका लागि त गरेकी होइनन् ?के मिडियाले उनलाई सस्तो लोकप्रियताको लागि उक्साएको हो ?उनले यो दुवै आरोपको खण्डन गरेकी छिन् ।
‘म तिमीलाई रोल दिन्छु, बदलमा म के पाउँछु’

तेलुगू फिल्म उद्योग यानी टलीवुड हिन्दी र तमिल फिल्म उद्योगपछिको सबैभन्दा ठूलो फिल्म उद्योग हो ।

केन्द्रीय फिल्म प्रमाणन बोर्डको वार्षिक रिपोर्टका अनुसार सन् २०१५–१६ मा तेलुगू सिनेमामा २६९ चलचित्र बने ।

‘कास्टिङ काउच’ ठूलो मुद्दा हो तर अकसर यसलाई लुकाइन्छ र फिल्म क्षेत्रका मानिसहरु खुलेर यो विषयमा कुरा गर्न चाहँदैनन् ।

सन् २०१७ मा बिबिसीसँग एक अन्तर्वार्तामा तेलुगू फिल्म अभिनेत्री माधवी लताले उद्योगमा यौनउत्पीडन अभिनेता तथा अभिनेत्रीहरुसँग एक प्रश्नबाट शुरु हुन्छ – ‘यदी हामीले तपाईंलाई रोल दियौँ भने बदलामा हामीले के पाउँछौँ ।’एक गीतकारले पनि यस्तो खतरनाक माग पुरुष मात्र नभएर महिलाबाट हुने गरेको अश्चर्यजनक खुलासा गरे । आफ्नो निजी अनुभव सुनाउँदै उनले एक निर्माताको पत्नीले ‘सेक्सुअल फेबर’ माग गरेको सुनाएका थिए ।

हलिउडमा पनि हार्वी वाइन्स्टीनविरुद्ध आरोप बाहिर आएको थियो र सबैभन्दा पहिले न्युयोर्क टाइम्सको एक लेखबाट यसबारे पत्ता लागेको थियो । त्यसपछि लगातार रुपमा कयौँ महिलाहरु बाहिर आए र वाइन्स्टीनविरुद्ध यौन उत्पीडनको आरोप लगाए । तर, उनले आरोपहरु अस्वीकार गर्छन् ।]

ratopati

You might also like

Comments are closed.