Nepal's First Video FM

डेढ करोडमा बार्गेनिङ गर्दा गर्दै गैडाको खागसहित चार पक्राउ

838

बैशाख,१९/ रुपन्देही प्रहरीले गैडाको खाग तस्करीमा सम्लग्न ४ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाग्लुङका ऋषिराम न्यौपाने, स्याङ्जा वालिङका विजय विक्रम खाँण, सुन्दर श्रेष्ठ तथा गल्याङका सन्दिप बराल रहेका छन्। उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरोको सूचना र सहयोगमा रुपन्देही प्रहरीले बुटवलको राजमार्ग चौराहबाट खागसहित नियन्त्रणमा लिइएको जनाएको छ।

उनीहरूले खाग बेच्ने भन्दै ग्राहकसँग डेढ करोडमा बार्गेनिङ गरिरहेका बेला प्रहरीले रंगेहात पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डिल्ली नारायण पाण्डेले बताए। पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान र कारवाहीका लागि जिल्ला वन कार्यालय पठाउने तयारी भइरहेको जिल्ला प्रहरी प्रमुख श्यामलाल ज्ञवालीले बताए।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.