Nepal's First Video FM

एमाले र माओवादीका बैठक बस्दै,के के छलफल हुदै छ त ?पढ्नुहोस

577

बैशाख,१९/ नेकपा एमाले र माओवादी केन्द्रले दुई दलको एकताबारे आज आन्तरिक छलफल गर्दैछन्। माओवादी केन्द्रको केन्द्रीय सचिवालय बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ।

आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकतामा भइरहेको प्रगतिबारे ब्रिफिङ गर्ने माओवादी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्।

‘एकतामा भइरहेको प्रगति र एकता कसरी गर्ने भन्नेबारे अध्यक्षज्यूले ब्रिफिङ गर्नुहुन्छ,’ भुसालले भनिन्, ‘अरु समसामयिक राजनीतिक विषयमा पनि छलफल हुन्छ।’

यसअघि मंगलबार एक कार्यक्रममा बोल्दै माओवादी अध्यक्ष दाहालले एक/दुई दिनमै पार्टी एकताको घोषणा गर्ने तयारीमा आफूहरू रहेको बताएका थिए।

नेकपा एमालेले पनि आजै साँझ स्थायी समिति बैठक डाकेको छ।

साँझ छ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने नेता सुरेन्द्र पाण्डेले जानकारी दिए।

‘बैठकको सूचना आएको छ, एजेन्डाबारे केही भनिएको छैन,’ पाण्डेले भने।

You might also like

Comments are closed.