Nepal's First Video FM

सिजन-२: सामाजिक संजालबाट आयो-‘आइडलमा जोसुकै प्रथम होस् बालै छैन, न भोट गरिन्छ’ (पढ्नुहोस)

673

नेपाल आइडलको सफलतापछि आयोजक एपीवानले नेपाल आइडल सिजन-२ को पहिलो अडिसन यति बेला काठमाडौंमा लिईरहेको छ भने पहिलो अडिसन सकिन नपाउदैं नेपाल आइडललाई विभिन्न व्यक्तिले सामाजिक सन्जाल मार्फत आक्रोस व्यक्त गरिरहेका छन् ।

नेपाल आइडलका जजहरुले काठमाडौं अडिसनमा प्रतियोगीको राम्रो मूल्यांकन गर्न नसकेको र प्रतियोगीको पृष्ठभूमि बुझेर एक प्रतिस्पर्धीलाई आउट गरिएको सामाजिक संजालमा यतिबेला भाइरल भइरहेको छ ।

जो एकदमै राम्रो प्रतिभा भएको र पहिलो अडिसनमै आउट नहुनु पर्ने प्रतिभा आउट भएको भन्दै सामाजिक संजालमा धेरैले आक्रोस पोखिरहेका छन् ।

नेपाल आइडलबाट आउट भएपछि काठमाडौंमा अडिसन दिन गएका अंकित परियारले सामाजिक संजालमा स्टाटस राखेका थिए जुन भाइरल भैरहेको छ ।

उनले स्टाटसमा लेखेका छन् आइडल चाहिएको हो भने प्रतियोगी पृष्ठभूमि किन चाहियो ? म गरिब ले कहाँ सक्थेर पैसाको खेलमा सपना अगाडि बढाउन! Im soo sorry friends यस्पाली पनि एस्तै भयो!मैले त केबल ज्यान मात्र हो बाजि लाउने! पैसा को खेल खेल्न कहाँ सक्थेर। आज एस्तै भयो idol सारै दु:ख लायो साथिहरु!तर पनि मन हारेको छैन किनकी तपाईहरु जस्तो साथिहरुको माया पाएको छु मत यसैमा खुसी छु र हमेसा खुसी रहनेछु।।

यो पोस्टमा धेरै जनाले अंकितलाई हरेश नखानु हामी तपाईकै साथमा छौ भन्दै हौसला दिने र नेपाल आइडल सिजन २ को पहिलो अडिसनका जजहरुले गायकीको जज गर्न नसकेको र सबै पैसामा बिकेको भन्दै कमेन्ट शेयर गरिरहेका छन्  ।

जतिसुकै चलखेल होस् कसैलाई भोट गरिदैन जब एउटा गरिब घरबाट आएका अंकितको आवाजलाई कुनै कदर गर्दैन भने आइडल जो प्रथम होस् बाल भएन ‘न उसलाई भोट न उ प्रतिको खुसियाली मनाउने छौ ।’ पढ्नुहोस जस्ताको तस्तै स्टाटस;

You might also like

Comments are closed.