Nepal's First Video FM

पाँच सय रुपैयाँको नयाँ नोट बजारमा

667

सरकारले ५ सय रुपैयाँको नयाँ नोट बजारमा ल्याएको छ ।

नयाँ निस्किएको नोटमा एउटा मात्र पाटेबाघको चित्र रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसअघि ५ सय रुपैयाँको नोटका दुई वटा बाघको चित्र थियो ।

नयाँ नोट बजारमा ल्याइए पनि पुराना नोट पनि चल्नेछ । नयाँ नोटको अगाडिको भागमा बायाँतर्फ सगरमाथा हिमालको चित्र छ भने दायाँतर्फ लालीगुराँसको पानी छाप छ । यस्तै नोटको तल्लो भागमा गर्भनर डाक्टर चिरन्जिवी नेपालको दस्तखत छ ।

You might also like

Comments are closed.