अन्तर्राष्ट्रिय विमानस्थलमा हुने चापलाई कम बनाउने उद्धेश्यले काठमाडौं नजिकै अर्को विमानस्थल निर्माण गर्ने
काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने चापलाई व्यवस्थित बनाउने उद्धेश्यले काठमाडौं उपत्यका नजिकै अर्को विमानस्थल निर्माण गर्ने तयारी गरिन थालिएको छ ।
त्यसका लागि मंगलबार संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीको टोलीले काभ्रेपलाञ्चोकका केही स्थानमा स्थलगत अवलोकन समेत गरेको छ ।
मन्त्री अधिकारीको टोलीले काभ्रेको ठुलीचौर,ठुलीचौर चिसापानी र बनेपाको नागीडाँडाको स्थलगत अवलोकन गरेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढेको अत्याधिक चाप र त्यसलाई व्यवस्थापन गर्नका लागि ती स्थानमा डोमेस्टिक विमानस्थल निर्माण गर्न सरकारले पहल थालेको मन्त्री अधिकारीले आज ट्वीटरमार्फत जानकारी दिएका छन् ।
अवलोकन गरिएका ती स्थानहरुको छनौट विज्ञहरुको सल्लाहमा गरिने पनि उनले जानकारी दिएका छन्
Comments are closed.